Back to Top
History of Nepal Screenshot 0
History of Nepal Screenshot 1
History of Nepal Screenshot 2
History of Nepal Screenshot 3
Free website generator for mobile apps; privacy policy, app-ads.txt support and more... AppPage.net

About History of Nepal

(नेपाली)

एसियाका ठूला देशहरू चीन र भारतको बीचमा हिमालयको काखमा बसेको नेपालको इतिहास यस क्षेत्रका अन्य देशहरूको भन्दा फरक छ। नेपालदेखि दक्षिणपट्टि रहेका देशहरू विदेशी अधिनमा रहँदा पनि नेपाल स्वतन्त्र राष्ट्रको रूपमा रहिरह्यो । विभिन्न धर्मशास्त्र तथा पुराणहरूमा नेपाललाई अत्यन्तै प्राचीन भूमिको रूपमा वर्णन गरिएको छ । करीब १३ करोड वर्ष अगाडि बनेका यहाँका पर्वत शृङ्खलाहरू र उपत्यकाहरूमा पछि आएर प्राणीहरूको आकर्षण विशेष रूपमा बढ्दै गएको पाइन्छ । थबाङगउपालिका



श्चिम नेपालको बुटवलक्षेत्रमा पाइएको रामापिथेकस मानवको अवशेषले एक करोड वर्षभन्दा अगाडिदेखि नै नेपालमा मानवको बसोबास शुरू भइसकेको तथ्य स्पष्ट हुन्छ । नेपाल नामको पहिलो उल्लेख अथर्वपरिशिष्टमा गरिएको पाइन्छ । अथर्वपरिशिष्टको समय निश्चित गर्न नसकिए तापनि इसापूर्व ५००–६०० को बीचमा यसको निर्माण भएको मानिन्छ । यसमा नेपाललाई कामरू, विदेह उदुम्बर, अवन्ती र कैकय देशहरूसँगै राखी चर्चा गरिएको छ । मूल सर्वास्तिवाद, विनयवस्तु नामको बौद्ध ग्रन्थमा पनि नेपालबारे चर्चा गरिएको छ । यसमा भगवान बुद्धको समयमै उनका चेलाहरू व्यापारीहरूका साथ नेपाल पसेको घटना उल्लेख गरिएको छ । महाभारत वनपर्वमा नेपाललाई विषय (देश) को रूपमा वर्णन गरिएको छ । जैन ग्रन्थ आवश्यक सूत्र तथा कौटल्यको अर्थशास्त्र (ई.पू. चौथो शताब्दी) ले पनि नेपालको बारेमा उल्लेख गरेका छन्।त्यस्तै भारतीय गुप्त सम्राट समुद्रगुप्तले आफ्नो इलाहाबाद अभिलेखमा आसाम र किर्तिपुर (कुमाउँ) नेपालको उल्लेख छिमेकी राज्य को रूपमा गरेका छन् भने त्यसपछिका प्रायः सबै स्श्रोतहरूले नेपालको उल्लेख स्वतन्त्र राज्यको रूपमा नै गरेका छन् । नेपालका शिलालेखहरूमा भने वि.सं. ५२२ पछि पाइएका अभिलेखमा नेपाल शब्दको उल्लेख भएको छ । यसरी यो मुलुक अत्यन्तै प्राचीन समयदेखि नै नेपाल नामबाट परिचित रहेको स्पष्ट हुन्छ । नेपाललाई सत्य युगमा सत्यवती, त्रेता युगमा तपोवन र द्वापर युगमा मुक्तिसोपान भनिन्थ्यो र कलि युगमा नेपाल भन्ने गरिएको कुरा हाम्रा पौराणिक ग्रन्थहरूमा उल्लेख छ ।

(English )

Nepal is a multi-ethnic, multiracial, multicultural, multi-religious, and multilingual country. The most spoken language is Nepali followed by several other ethnic languages.

The modern day Kingdom of Nepal was established in 1768 and started a campaign of unifying what would form the modern territories of Nepal. Some former territories had been lost due to the Sino-Nepalese War. The conflict ended with both victories and losses with the kingdom ultimately accepting tributary status with the Qing dynasty of China from 1792 to 1865. The Anglo-Nepalese War ended in British victory and resulted in the ceding some Nepalese territory in the Treaty of Sugauli. In a historical vote for the election of the constituent assembly, the Nepalese parliament voted to abolish the monarchy in June 2006. Nepal became a federal republic on 28 May 2008 and was formally renamed the 'Federal Democratic Republic of Nepal' ending the 200-year-old reign of the Shah monarchs.

Similar Apps

Adolf Hitler - Biography

Adolf Hitler - Biography

0.0

Adolf Hitler (20 April 1889 – 30 April 1945) was an Austrian-born...

History of Liberia

History of Liberia

0.0

Liberia is a country in West Africa founded by free people of...

Jewish history

Jewish history

0.0

(English )Jewish history is the history of the Jews, and their nation,...

Oromo History - Seenaa Oromoo

Oromo History - Seenaa Oromoo

0.0

(Oromoo)Ka'umsi Oromoo eessaa akka ta'e sirriitti hubachuuf qorannoon dabalataa barbaachisuyyuu, Oromoon jalqabarratti...

History of Ethiopia/የኢትዮጵያ ታሪክ

History of Ethiopia/የኢትዮጵያ ታሪክ

0.0

(English)Ethiopia is one of the oldest countries in Africa; the emergence of...

History of Zimbabwe

History of Zimbabwe

0.0

Until roughly 2,000 years ago, what would become Zimbabwe was populated by...