About Myagdi Korala Bus
सार्वजनिक यातायात नाफा आर्जन गर्न स्थापित सेवामुलक ब्यवसाय हो । तर पछिल्ला समय सार्वजनिक यातायात गुणस्तरहीन सेवा, यात्रुमाथी हुने अर्मयादित ब्यवहार, महिला यात्रुमाथी यौनजन्य दुर्ब्यवहार तगा ब्यवसायी विच पनि अस्वस्थ्य प्रतिस्पर्धाबाट गुज्रिरहेको थियो/छ । आलोपालो पद्धति (सिण्डीकेट) को नाममा सार्वजनिक यातायात बदनाम थियो ।
परम्परागत यातायात ब्यवसायी समितिबाट आलोपालो पद्धतिमा चल्ने प्रचलन हटाई सार्वजनिक यातायातलाई सेवाग्राहीको माग र युगको आवश्यकतामा आधारित गुणस्तरिय सेवा, सवै यात्रुमाथी मर्यादित र भद्र ब्यवहार, स्वस्थ्य प्रतिस्पर्धाका माध्यमबाट यातायात सेवा संञ्चालन गर्न सरकारले तोकेको करको दायरामा आवद्ध भै कानुनी मान्यता प्राप्त गरी म्याग्दी कोरला यातायात प्रालि यात्रुको सेवामा सर्मपित छ ।
म्याग्दी कोरला यातायात प्रालि म्याग्दीमा सार्वजनिक यातायात संञ्चालनमा ल्याउने पहिलो कम्पनी भएको खवर समस्त यात्रु एवं सेवाग्राही तथा सरोकारवालामा सुनाउन पाउँदा हामी हर्षित छौं । म्याग्दी कोरला यातायात प्रालि २०७५/०२/१८ संचालन मा अाएकाे र याे २०७४/१०/०८ मा दर्ता भै कानुनी मान्यता प्राप्त कम्पनी हो । कम्पनीमा म्याग्दीका विभिन्न क्षेत्रमा प्रतिष्ठा आर्जन गरेका ब्यक्तिहरु आवद्ध छन ।
सार्वजनिक यातायातमा मर्यादित ब्यवहार, गुणस्तरिय सेवा र उचित मुल्यमा यात्रा गर्न पाउनु प्रत्यक यात्रुको अधिकार हो । सर्वसाधारणले आफ्नो नामको घरखेत काटेर दिएको जग्गामा बनेको सडकमा हामी सिमित यातायात ब्यवसायीले पेवा बनाउन सक्दैनौं । सार्वजनिक यातायात पूर्णत नाफासहितको सेवामुलक ब्यवसाय हो भन्ने कुरामा म्याग्दी कोरला यातायात प्रालि विश्वास राख्दछ ।
यात्रु हाम्रा भगवान हुन । सवै यात्रुको उत्तिकै इज्जत हुन्छ । सवै यात्रुको मर्यादाको उच्च सम्मान र कदर गर्नु तथा ब्यवसायीक विश्वासनियता म्याग्दी कोरला यातायात प्रालिको विशेषता हो । यात्रु तथा उनीहरुको सामाग्रीको सुरक्षा हाम्रो प्रमुख चासोको विषय हो । युग सुहाउँदो सेवा हाम्रो प्रतिवद्धता हो ।
Similar Apps
Tikathali Khanepani
This app is developed to facilitate customers of the organization to view...
Hariwan Khanepani
This app is developed to facilitate customers of the organization to view...
Ghorahi Khanepani
This app is developed to facilitate customers of the organization to view...
Padampur Khanepani
Padampur Water Supply And Users Organisation...
Bandipur Khanepani
This app is developed to facilitate customers of the organization to view...
Namuna Shivanagar Khanepani
This app is developed to facilitate customers of the organization to view...