About Mangadh Khanepani Aayojana
विराटनगर महानगरपालिका नेपालको दोस्रो ठूलो नगरपालिका हो । यस शहरमा विभिन्न मुलका मानिसहरुको मिश्रीत बसोबास रहेको छ । यसको उत्तरी क्षेत्रको साविक विराटनगर वार्ड नं. १,४,५ (हाल विराटनगर वार्ड नं. १,३,४) र टंकी सिनुवारी गा.वि.स.(हालको बुढीगंगा गाँउपालिकाको वार्ड नं १,३ र साविक वैजनाथपुर गा.वि.स. (हाल विराटनगर वार्ड नं.१९)लाई सुविधा पुग्नेगरि नेपाल सरकार खानेपानी तथा ढल निकास विभाग, विराटनगर नगरपालिका र उपभोक्ता समेतको लगानीमा सम्पन्न आयोजना अन्तर्गत सुधार विस्तारको काम भैरहेको छ । जसबाट थप उपभोक्ताहरुलाई सुविधा पुग्ने छ । मानगढ आयोजना सञ्चालित आयोजना मध्ये सफल आयोजना मानिन्छ । हाल यो आयोजना पूर्ण सफलताका साथ उपभोक्ताबाट सञ्चालित छ ।
मानगढ खानेपानी आयोजना गुणस्तर जापान सरकार (JICA) को सहयोगमा पानी प्रशोधन केन्द्रको निमार्ण गरिएको थियो । वि.स. २०६२ देखि उपभोक्ताहरुमा हस्तान्तरण भै सफा र स्वछ पानी वि.स.२०६४ साल देखि लगातार रुपमा वितरण गदै आएका छौ । यस आयोजनाले विराटनगर महानगरपालिका माथिका उत्तरी क्षेत्रका वार्ड नं. १,३,४ र हालको वार्ड नं.१९ र टकी सिनुवारी हालको बुढीगंगा गाउँपालिकाको केहि भागमा वितरण गरिएको छ ।
यो योजनाले कुल ७७,७६८ जनसंख्या मध्ये ३०,४०० उपभोक्तालाई सेवा प्रदान गरिरहेको छ । भूमिगत पानीको श्रोतमा ३ वटा बोरिङबाट उत्पादन गरि वितरण गरिएको छ । खानेपानी सुरक्षा योजना लागूगरी खानेपानी मापदण्ड अनुसार पानी वितरण गरिएको छ ।
Similar Apps
BusSewa
BusSewa – Nepal’s first online realtime bus ticket booking platform powered by...
Hariwan Khanepani
This app is developed to facilitate customers of the organization to view...
Ghorahi Khanepani
This app is developed to facilitate customers of the organization to view...
Padampur Khanepani
Padampur Water Supply And Users Organisation...
Bandipur Khanepani
This app is developed to facilitate customers of the organization to view...
Namuna Shivanagar Khanepani
This app is developed to facilitate customers of the organization to view...